रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

लोकखबर
५ चैत्र २०७६, बुधबार ११:२५

मकवानपुर । मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?

मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।

मौसमी फ्लु हुँदा दुईरचार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।

फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चाररपाँच दिनको फरकमा सर्छ ।

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?

– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
– श्वास लिँदा धेरै बल लगाउनुपर्ने
– छातीमा गाह्रो हुने

कस्तो अवस्थामा अस्पताल जाने ?

– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन
– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा
– ज्वरो निरन्तर आएमा
– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा
– मधुमेह, मिर्गौला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
– सकभर स्वस्थ्य रहने
– प्रशस्त मात्रामा उमालेको पानी पिउने
– धेरै मात्रामा झोल पर्दाथ पिउने

बिहानदेखि बेलुकासम्म के–के गर्ने ?

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– शौचालय जाँदा र बाहिरबाट घर फर्केपछि २० सेकेण्ड मिचीमिची हात धुने
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन ड ा. मिलन खड्कासँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित ) उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*