काठमाडौंमा ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

लोकखबर
५ चैत्र २०७६, बुधबार १२:२४

मकवानपुर । काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

तीनथानाको सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सामूहिक बलात्कारमा संलग्न ३ जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ३ जना
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ घर भएका २४ वर्षीय सञ्जय घर्ती मगर, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय कपिल खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका–९ घर भएका १९ वर्षीय पासाङ तामाङ छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ३ जना युवकले गाडी चढ्न सडक किनारमा उभिएकी युवतीलाई गन्तव्यमा पु¥याइदिने भन्दै सडक निकारमा रोकिएको ट्रकमा लगेका थिए । ट्रकमा लगेर तीनै जनाले किशोरीमाथि सामूहिक बलात्कार गरेका देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बलात्कृत किशोरीको उद्दार माइती नेपालको संरक्षणमा राखिएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*