एसईई दिन केन्द्र आसपास बसेका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्यायो
मकवानपुर ।आजबाट सुरु हुने भनिएको एसईई परीक्षको लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्याएको छ ।
गाउँपालिकाले बिहीवार(आज) बिहान सार्वजनिक यातायात भाडामा लिएर विद्यार्थीलाई घर घरमा पुर्याएको हो ।
आजदेखि सुरु हुने भनिएको एसईईको परीक्षा कोरोना भाइरसको सभ्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले बुधवार साँझ स्थगित गर्ने निर्णय गरेको थियो ।
परीक्षा स्थगित भएसँगै परीक्षा दिनको लागि परीक्षा केन्द्र आसपास आएर बसेका विद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क बस सेवा उपलब्ध गराएको हो ।
उनीहरुलाई घरघरमा पुर्याउने व्यवस्था मिलाइको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
प्रतिकुल अवस्थालाई ध्यान दिँदै फेदीखोला बजार र खड्केटारी बजारमा परीक्षा तयारिका लागि बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम सितला माविका विद्यार्थीहरुलाई घर फर्कनको लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको हो । खबरहब डटकमबाट