कोरोनाको सन्त्रासका बीच नेपालबाट भारततर्फ मास्क तस्करी, पर्सा प्रहरीद्वारा २ जना पक्राउ

लोकखबर
६ चैत्र २०७६, बिहीबार ११:३७



मकवानपुर ।कोरोना भाइरसको सन्त्रासका बीच सीमावर्ती भारतीय बजारमा माक्सको अभाव भएपछि तस्करहरुले बढी मूल्यमा बेच्ने गरी नेपालबाट भारततर्फ माक्स तस्करी गर्न थालेका छन् ।

पर्सा प्रहरीले बुधबार नेपालबाट भारततर्फ माक्स तस्करी गर्ने २ जनालाई नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ मास्क तस्करी हुने गरेको खुलेको हो ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ का ३८ वर्षीय सुनिल जैसवाल र सोही ठाउँका ३६ वर्षीय अजय महतो छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुले काठमाडौंमा बनेका कपडाका मास्क बसमा हालेर भारततर्फ तस्करी गर्न लागेका थिए ।

बुधबार बिहान काठमाडौंबाट पर्साको भिष्वा जाने रात्री बस चेकजाँच गर्ने क्रममा २ जनालाई भारततर्फ तस्करी गर्न लागिएको मास्कसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट २० हजार थान मास्क बरामद गरेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*