कोरोत्रा भाइरसको त्रास :लोक सेवा आयोगद्वारा परीक्षा स्थगित

लोकखबर
६ चैत्र २०७६, बिहीबार १५:२४

मकवानपुर । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

संक्रमणको रुपमा फेलिएको कोरोना भाइरसले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र स‌गठित संस्थानतर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको उपसिचव एकनारायण शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि सरकारले बुधवार एसईई लगायतका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो भने त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगन गरेको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*