कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै विशेष पूजापाठ

लोकखबर
६ चैत्र २०७६, बिहीबार १६:०४

मकवानपुर । कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै बैतडीमा बिभिन्न देविदेवताका मन्दिरहरुमा विशेष पूजापाठ सुरु गरिएको छ ।

भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्न पूजापाठ सुरु गरिएको हो ।

दशरथचन्द नगरपालिका वडा न. १ मा अवस्थित निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पूजाआज गरिरहेको मुखिया सिद्धराज भट्टले बताए ।

त्यसैगरी सुर्नया गाँउपालिका वडा न. १मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित विषेश पूजाआजा सुरु गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए ।

कोरोना भाइरस बिरुद्ध खोप नबनेको बर्तमान अवस्थामा पूजापाठका माध्यमबाट मनोबैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताए । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*