बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता
मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता शुरु भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा २ नेताबीच केही समय अघिदेखि भेटवार्ता शुरु भएको हो ।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार २ नेताबीच पार्टी एकताका बाँकी प्रक्रियाका विषयमा छलफल भइरहेको छ ।
यस्तै, कोरोना भाइरसेका महामारी, कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरिरहेका काम र सरकारका काममा पार्टी नेता तथा कार्यकर्ताले गर्न सक्ने सहयोगका विषयमा पनि २ नेताहरुबीच छलफल भइरहेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
२ दिन अगाडि मात्रै सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारका तर्फबाट भइरहेको प्रयास तथा पूर्वतयारीबारे छलफल भएको थियो ।
बुधबार बसेको नेकपा सचिवालय बैठककै सुझावका आधारमा सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्ने भन्दै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा स्थगित गरेको थियो ।
खबरहब डटकमबाट