कोरोना सतर्कता :शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १४:५८

मकवानपुर । कोरोना भाइरसको सङ्क्रमणको सतर्कताका स्वरुप नेपाल पर्यटन बोर्डले आज शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले अर्को सूचना नआउँदासम्मका लागि पदयात्रामा रोक लगाएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले पदयात्राका लागि मुख्य सिजन भए पनि कोरोनाको जोखिमका कारण बन्द गरेको उहाँले बताउनुभयो ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*