पैसाबाट कोरोना सर्ने भन्दै विद्युतीय कारोबार मात्र गर्न बैंकको सुझाव

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १५:५०

मकवानपुर ।बैंक तथा वित्तीय संस्थाले नोटबाट कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै बैंकिङ कारोबार गर्दा कार्ड तथा विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

नोटको प्रयोग गर्दा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलने डर भएकाले विद्युतीय कारोबार प्रणाली अपनाउन आग्रह गरिएको हो ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर अति-आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह गरेका छन् ।

इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । अर्को सूचना प्रकाशित नभएसम्मका लागि एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रको अरु कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ ।

ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या भएमा सम्बन्धित शाखामा सम्पर्क गरी समाधान गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*