अस्ट्रेलियामा ३८ सय जना चढेको जहाजका यात्रुमा कोरोना सङक्रमण

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १५:५७

मकवानपुर ।अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएको छ । भाइरस देखिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी दिइएको छ ।

न्यू साउथवेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेका बीबीसीले जनाएको छ ।

यो जहाज बिहीबार सिड्नीमा रोकिएको थियो । जहाजमा चालक दलका सदस्यसहित ३८ सय जना चढेको खबरमा उल्लेख छ । एक जना चालक दलका सदस्य र दुई जना यात्रुमा कोरोनाको सङ्क्रमण पाइएको हो ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*