बाँकेको जमुनाहा नाका ७ दिनका लागि बन्द

मकवानपुर । बाँकेको जमुना नाका एक साताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए ।
उक्त नाकाबाट अब कुनै पनि व्यक्तिलाई आवत–जावत गर्न दिइने छैन । आइतबारदेखि लागू हुने गरी १ साताका लागि नाका बन्द गरिएको प्रजिअ खड्काले बताए ।
तर, मालसामान ढुवानी गर्ने सवारीका साधनहरुलाई भने नाका वारपार गर्न दिइने छ ।उज्यालो अनलाईन डटकमबाट