नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना भाइरसबाट एकको मृत्यु, भारतमा मृतकको संख्या ६ पुग्यो

लोकखबर
९ चैत्र २०७६, आईतवार १३:०४

मकवानपुर ।नेपालको प्रदेश नम्बर एक, दुई, बाग्मती, गण्डकी र प्रदेश पाँचसँग जोडिएको भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

विहारमा संक्रमण फैलिएसँगै त्यसको जोखिम नेपालमा थप बढ्नेछ ।

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आज नै मुम्बइमा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो ।

बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका एक व्यक्तिको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिन पहिला कतारबाट फकिएका उनको शनिवार विहान मृत्यु भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

भारतीय मेडिकल रिसर्च एसोसिएशनका अनुसार भारतमा ३४१ जना कोरोना भाइरसको संक्रमणको शिकार भएका छन् ।
आइतबार महाराष्ट्रमा दश नयाँ मामला सार्वजनिक भएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*