कोरोना संक्रमणको आशंकामा प्रदेश सांसद अस्पताल भर्ना

लोकखबर
९ चैत्र २०७६, आईतवार १३:१५

मकवानपुर ।सुदूरपश्चिम प्रदेशसभाकी एक जना महिला सांसदलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।

रुघाखोकीसँगै ज्वरो आएको देखिएपछि प्रदेशसभा सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो ।

सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा विभागका प्रमुख डा. जगदिश प्रसाद जोशीले १ जना महिला प्रदेशसभा सदस्यलाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको बताएका छन् । तर, अस्पताल भर्ना भएकी ती महिला सांसदको नाम भने खुलाइएको छैन ।

डा. जोशीका अनुसार ती महिला सांसदलाई शुक्रबार आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । शुक्रबार नै नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ । यद्यपि रिपोर्ट भने आएको छैन ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*