नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो

लोकखबर
९ चैत्र २०७६, आईतवार १३:२७

मकवानपुर ।भारतबाट नेपाल प्रवेश गरेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ । नेपालगञ्ज हुँदै दाङको तुलसीपुर तर्फ आएका उनीहरुलाई फिर्ता गरिएको हो ।

कोरोना भाइरसको जाँचका लागि स्थापना गरिएको ‘हेल्थ-डेस्क’ तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो ।

उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन् । उनीहरूले आफूहरूको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन । उनीहरू शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको छ । ‘

कोरोना भाइस रोकथाम तथा उच्च सर्तकताका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा ‘हेल्थ-डेस्क’ स्थापना गरी जाँच गर्न शुरू गरेको छ। विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरूका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरूलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा ‘हेल्थ-डेस्क’ स्थापना गरिएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*