कैलालीमा शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु

लोकखबर
९ चैत्र २०७६, आईतवार १३:३४

मकवानपुर ।कैलालीको गोदावरी नगरपालिका–४ फूलबारी बस्तीमा ‘शंकास्पद बस्तु’ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।

जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट हुँदा १ जनाको मृत्यु भएको हो ।

विस्फोटबाट मृत्यु हुनेमा फूलबारी बस्तीका ४० वर्षीय नरबहादुर विक रहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले विस्फोट भएको पुष्टि गरे ।

‘गोदावरी नगरपालिका–४ मा विस्फोट भएको सूचना आएको छ । वनमा घाँस काट्न जाँदा भेटिएको पित्तल जस्तो वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट भएको भन्ने बुझिएको छ,’ एसपी गिरीले खबरहबसँग भने, ‘अहिले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।’

विस्फोटबाट १ जनाको ज्यान गएको भएपनि कुनै विस्फोटक पदार्थ नै विस्पफोट भएको हो भन्ने विषय यकीन नभएको एसपी गिरीको भनाइ छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*