दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण

लोकखबर
९ चैत्र २०७६, आईतवार १४:१३

मकवानपुर ।काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयरको विमान इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए । विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन् ।

दाहालका अनुसार जहाजका दुबै इन्जिन फेल भएपछि समिट एयरको जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो ।

तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसीलाई समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।

एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण भएको थियो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*