कोरोना संक्रमण रोक्न मन्त्रीहरुको नेतृत्वमा ६ वटा समिति गठन

लोकखबर
९ चैत्र २०७६, आईतवार १४:३६

मकवानपुर कोरोना रोकथामका लागि बनेको उच्चस्तरीय समितिले कोरोना भाइरसको संक्रमण रोक्न ६ वटा समिति बनाएको छ।
शनिबार बेलुका बसेको बैठकले स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

देश बाहिरबाट औषधि लगायतका सामग्री खरिद तथा आयात गर्नका लागि उक्त कार्यदलले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने पनि सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा अत्यावश्यक वस्तुको आपूर्ति अनुगमन तथा व्यवस्थापन गर्न अर्को कार्यदल गठन गरेको छ ।

कृषि मन्त्रि घनश्याम भुसालले कोरोना भाइरसबारे राजनीतिक तथा सामाजिक विषयमा समन्वय गर्ने जिम्मेवारी पाए।

क्वारेन्टाइनको व्यवस्था गर्ने कार्यदलको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई तोकिएको खतिवडाले बताए।

उच्चस्तरीय समिति र कार्यदलहरूले गरेका निर्णयको कार्यान्वयनको अनुगमन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन्।स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*