कोभिड १९ को जोखिमबाट बच्न आवश्यक तयारीबारे अध्यक्ष हुमागाईंको भिडियो सन्देश
मकवानपुर । कोरोना भाइरस (कोभिड नाइन्टिन) बाट बच्नका सम्पूर्ण तयारीका साथ लागिपरेको अध्यक्ष विदुर हुमागाईले बताएका छन् । गाउँपालिकाका तर्फबाट एक भिडियो सन्देश सन्देश जारी गर्दै अध्यक्ष हुमागाईले विश्व नै आक्रान्त बनेको अवस्थामा आफ्नो गाउँपालिका पनि अछुतो रहन नसक्ने भन्दै आवश्यक सचेतता अपनाइएको उल्लेख गरेका छन् । हेर्नुहोस्अ ध्यक्ष हुमागाईको सन्देश भिडियो-
उनले सन्देशमा भनेका छन्,‘अहिले कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ । नेपालमा पनि समस्या सिर्जना भएको छ । यसबाट हाम्रो मुलुक र स्थानीय तह पनि अछुतो रहेको छैन । हेर विचारमा त्यति ध्यान नदिँदा बाहिरी देशमा भयावह अवस्था सिर्जना भएकाले त्यसबाट शिक्षा लिदैं संयमित भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो । हामीले अहिले मकवानपुरगढी गाउँपालिकामा कसरी कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने सोचका साथ अगाडी बढिरहेका छौं । यसैक्रममा विदेशबाट आउँनेलाई स्वास्थ्य परीक्षण गरेर होम क्यारेन्टाइनमा राख्ने, आवश्यक पर्दा अरु स्वास्थ्य संस्थासम्म पु¥याउँने व्यवस्था मिलाइएको छ । गाउँपालिकाका स्वास्थ्य संस्था खुल्ला राखेर सबै स्वास्थ्यकर्मी परिचालन गर्ने काम गरिएको छ । सुरक्षाकर्मीलाई पनि सोही बमोजिम आवश्यक परिचालन गरिएको छ । गाउँमा आउँने नयाँ व्यक्तिको टोल विकासमार्फत सूचना लिने अगाडी बढाइएको छ । एउटा कोष स्थापना गरेर हामी अगाडी बढेका छौं । गाउँपालिकाले क्वीक रेस्पोन्स टिम पनि बनाएका छौं । आवश्यक परेको खण्डमा विभिन्न उपकरण एवं सामग्री बाहिरबाट पनि मगाइएको छ ।’