दैनिक ज्यालादारीले गुजारा चलाउने परिवारलाई हेटौंडा जेसीजको सहयोग

लोकखबर
१७ चैत्र २०७६, सोमबार १०:२०

मकवानपुर । हेटौंडा जेसीजले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका ३० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
हेटौंडा-१ को विभिन्न स्थानमा दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारलाई जेसीजले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । हेटौंडा-१ का वडाअध्यक्ष सविन न्यौपानेको सहभागितामा जेसीजका अध्यक्ष राजदेब बानिया“, औषधी व्यवसायी संघ मकवानपुर अध्यक्ष सुधिर दाहाललगायतको उपस्थितिमा उनीहरुको घरघरमा पुगेर खाद्यान्न उपलब्ध गराइएको हो ।
‘हामीले असाध्यै सावधानीपूवर्क घरघरमा पुगेर खाद्यान्न वितरण गरेका छौं ।’, जेसीज महासचिव विश्वप्रसाद गौतमका अनुसार दश केजी चामल, दुई केजी दाल, नुन, आलु, प्याज, मस्यौरा तथा तेललगायत खाद्यान्न हस्तान्तरण गरिएको हो । खाद्यान्न सहयोग कार्यक्रममा जेसीज उपाध्यक्ष तथा युवा समाजसेवी विकेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । ‘हामी मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भनेर जेसीजमा लागेका हौं । अझै आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने छौं ।’, महासचिव गौतमले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*