डब्लुएचओ भन्छ-‘लक डाउनका बेलामा शारीरिक सक्रियता बढाउनु’

लोकखबर
१८ चैत्र २०७६, मंगलवार ०९:०६

मकवानपुर । विश्व स्वास्थ्य संगठनले लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न आग्रह गरेको छ । घरमा विना कसरत बस्दा शारिरिक समस्या आउनसक्ने भन्दै शारीरिक सक्रियता अपनाउँन संगठनले आग्रह गरेको हो ।
लक डाउनका बेलामा घरमा विशेषगरी टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइने गरेको पाइएको भन्दै यस्ता कार्य मात्रले शरीरलाई असर गर्नसक्ने संगठनले जनाएको छ ।
स्वास्थ्य सुधारका लागि हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गर्न स्वास्थ्य संगठनले सुझाएको छ ।
लक डाउनका बेलामा परिवारका सदस्य बीचमा आपसमा विभिन्न योजना बनाउँदै रचनात्मक क्रियाकलापमा ध्यान दिन पनि संगठनले भनेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*