लक डाउन खुकुलो हुदै, खाद्य तथा अत्यावश्यक बस्तु, ठूला आयोजना संचालन हुने

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार ०६:००

मकवानपुर । सरकारले लक डाउनलाई अब केही मात्रामा सरकारले ’लकडाउन’ खुकुलो बनाएको छ ।
खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिनका लागि लक डाउन खुकुलो बनाउने निर्णयमा सरकार पुगेको हो ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले लक डाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
यस्तै उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।
अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय गरेकाले जानकारी दिए ।
उनले अब तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाइ काम गर्न सकिने जानकारी दिए । हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने निर्णय पनि बैठकले गरेको उनले बताए ।
बैठकले नेपाल भारत सीमामा रहेको क्वरेन्टीनमा बसेकालाई अप्ठ्यारो पर्न नदिनेगरी दुवैतर्फबाट आपसमा सहयोग गरी सबैलाई १४ दिन अनिवार्य क्वरेन्टीनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*