हेटौंडामा आजबाट कोरोना संक्रमण परीक्षण सुरु हुदै

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार ०६:२६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) बाट कोरोना संक्रमण परीक्षण सुरु हुने भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरेर संक्रमण परीक्षण कार्य थालनी गर्न लागिएको हो । परीक्षणका लागि ल्यावलाई चाहिने आवश्यक सामग्री सबै एवम् जनशक्ति उपलब्ध भइसकेकाले शुक्रबार (आज) बाट परीक्षण गरिने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महाशाखा प्रमुख दीपेन्द्र सुवेदीले बताका अनुसार अब कोरोना भाइरसको परीक्षणका लागि काठमाडौं पठाउनुपर्नेे बाध्यता हट्ने छ ।

ल्याबमा एकपटकमा ६० वटा नमूना परीक्षण गर्न सकिने उनले बताए । परीक्षण गरिएको साँढे दुई घण्टाभित्र रिर्पोट थाहा हुनेछ ।
आज (शुक्रबार) पहिलो चरणमा ५ वटा नमूना स्वाब परीक्षण गर्ने तयारी छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*