कोरोना भाइरसको खोपमा सफलता मिलेको दाबी

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार १०:०५

मकवानपुर । कोरोना भाइरस ( कोभिड -१९) को खोपमा सफलता मिलेको जनाइएको छ ।

अमेरिकामा मुसामा गरिएको खोप परीक्षणमा सफलता मिलेको दाबी गरिएको हो । यो दाबी अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले गरेको हो । अबको केही महिनामा यो खोप मानिसमा पनि परीक्षण हुने अपेक्षा गरिएको छ ।

यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड-१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेका हुन् ।

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स-कोभ-२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखाएको जनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*