हेटौंडाबाट भरतपुर रिफर भएकी २६ वर्षिया राईको निधन

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार १०:५३

मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालबाट रिफर भएर भरतपुर अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।
हेटौंडाबाट रिफर गरिएकी सिन्धुलीको हरिहरपुर गाउँपालिका २ कि २६ वर्षीया उषाकुमारी राईको आज (शुक्रबार) विहान ४ बजे उपचारका क्रममा भरतपुरमा निधन भएको हो ।
हेटौंडा अस्पतालका डा. हरिबहादुर खड्काका अनुसार निकै क्रिटिकल अवस्थामा बिरामी रहेकाले रिफर गरिएको बताए । मृतकलाई म्यानेनजाईटिक्स रोग रहेको डा.खड्काले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*