मुख्यमन्त्रीको सचिवालय र सिडिओलाई पानी उद्योगको सहयोग

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार १४:२१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई हेटौंडामा संचालित प्रशोधित पानी उद्योगहरुले सहयोग गरेका छन् ।
आज (शुक्रबार) उद्योगहरुले मुख्यमन्त्रीको सचिवालयमा एक सय कार्टुन र जिल्ला प्रशासन कार्यालयलाई २ सय कार्टुन प्रशोधित पानी सहयोग गरेका हुन् ।
मकवानपुर वेभरेज प्रा.लि (माइच्वाइस), नेचुरल वेभरेज (अमृत जल), अक्वा इन्फिनिटी र जस्ट वाटरले ३ सय कार्टुन पानी सहयोग गरेको नेचुरल वेभरेजका सन्चालक ध्रुव अधिकारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*