सिमलटारमा ८० परिवारलाई राहत वितरण

लोकखबर
२२ चैत्र २०७६, शनिबार २०:१५

मकवानपुर । मकवानपुरको हेटौंडा ११, थानाभर्याङ्स्थित सिमलटार टोलका अति विपन्न ८० परिवारलाई आज राहत वितरण गरिएको छ । लक डाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएका परिवारलाई आज चामल, दाल लगायतका आवश्यक खाद्यान्न सहयोग गरिएको सिमलटार टोल विकास समितिका सदस्य समेत रहेको स्थानीय संचारकर्मी गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आज हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालय र संयुक्त मधेशी सेवा समितिले राहत वितरण गरेको हो । वडा कार्यालयले सिमलटार टोल सहित वडाका विभिन्न २२ वटा टोल विकास संस्थालाई राहत वितरण गरेको हो भने मधेसी सेवा समिति मकवानपुरले हेटौंडा ५ , ८ र ९ नम्बर वडाका अति विपन्न परिवारलाई यस अघि राहत वितरण गरिसकेको समितिका अध्यक्ष सुशीलकुमार सिनोरियाले जानकारी दिए ।

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष, राजनीतिकर्मी रघुरमण न्यौपानेको आग्रहमा मधेसी सेवा समितिले सिमलटारमा आवश्यक राहत वितरण गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*