मकवानपुरगढीको चार ठाउँमा ‘हेल्थ डेस्क’ संचालन

लोकखबर
२३ चैत्र २०७६, आईतवार ०५:४५

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको चार ठाउँमा ‘हेल्थ डेस्क’ संचालनमा ल्याइएको छ ।

विश्वव्यापीमा माहामारीको रुप लिइ रहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि गाउँपालिकाको विभिन्न चार वटा वडामा डेस्क संचालनमा ल्याइएको हो ।

गाउँपालिकाको वडा नम्बर १ को लेनडाँडा, वडा नम्बर २ को शिखरकटेरी, वडा नम्बर ४ को मनकामना चोक, वडा नम्बर ५ को बुङ्दलमा ‘हेल्थ डेस्क’ संचालन गरिएको गाउँपालिकाका अनमी रमिला घलानले जानकारी दिइन् । एक जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी रहने ‘हेल्थ डेस्क’ दुई सिफ्ट गरी संचालनको तयारी गरिएको हो । विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म एक सिफ्ट र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट ‘हेल्थ डेक्स’ संचालन गरिएको हो ।

‘हेल्थ डेस्क’ मा आफ्नो स्वास्थ्य परीक्षण गर्न स्थानीय आइरहेका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि गाउँपालिकाले वाइसोलेसन वार्ड निर्माण, कोरोना नियन्त्रण विपद व्यवस्थापन कोष स्थापना लगायत आवश्यक तयारीका कार्य गरेको छ ।
गाउँपालिकाको वडा नम्बर २, शिखरकटेरीस्थित चण्डिका मावि र वडा नम्बर ६ बागदलीस्थित इश्वरी प्राथमिक विद्यालयमा दश शैयाको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा राखिएको छ ।

गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाका हरेक स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) वितरण गरिसकिएको छ भने संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामग्री व्यवस्थापन तथा वितरण समेत गरिसकिएको जनाइएको छ ।

वैदेशिक रोजगारबाट आएका र बाहिरी जिल्लाबाट आएकाको पहिचान गरी घरमै पुगेर फरहेड थर्मोमिटरबाट ज्वरो नाप्ने काम, प्रत्येक वडाका चोक चोकमा हात धुने व्यवस्था लगायतका स्वास्थ्य, सरसफाई सम्बन्धि विभिन्न कार्यहरु संचालन गरिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*