मकवानपुरगढी ६ नम्बर वडा कार्यालयलाई ढुङ्गाना परिवारद्वारा खाद्यान्न हस्तान्तरण

लोकखबर
२७ चैत्र २०७६, बिहीबार ०८:५०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, पल्पसारोडका कृष्णप्रसाद ढुङ्गानाले मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडा कार्यालयलाई विभिन्न परिमाणमा राहतका लागि खाद्यान्न सहयोग गरेका छन् ।

विश्वव्यापी माहामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रणका लागि लक डाउन गरिएपछि खाद्यान्न अभावमा भोकै कोही बस्नु नपरोस् भन्ने सोचले ढुङ्गानाले चामल, दाल, मसला सहयोग गरेका हुन् ।

वडा अध्यक्ष टिकाप्रसाद दाहाललाई २५ बोरा चामल, ५० किलो दाल, २५ पाकेट मसला गरी ५० हजार रुपैंया बराबरको खाद्यान्न सहयोग ढुङ्गाना परिवारले हस्तान्तरण गरेका हुन् । लक डाउनका कारण आफू जन्मेहुर्केको ठाउँमा रहेका अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न समस्या परेकाले वडा कार्यालयमार्फत आफूले ति विपन्न वर्गलाई राहत सहयोग गरेको ढुङ्गानाले बताए ।

लक डाउनका कारण पीडामा परेकालाई एकद्वारमार्फत सहयोग गर्ने सरकारी नीति बमोजिम आवश्यक परेका नागरिकलाई राहत पुगोस् भनेर वडा कार्यालयमार्फत आफूहरुले सहयोग गरेको ढुङ्गाना परिवारको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*