कुखुरा व्यवसायीको पीडाबारे सरकारलाई ध्यान दिन जनसरोकार केन्द्रको आग्रह

लोकखबर
२८ चैत्र २०७६, शुक्रबार ११:१४

मकवानपुर । मकवानपुरका कुखुरा व्यवसायीले लक डाउनका कारण व्यहोर्नु परेको क्षतिका विषयमा सरकारको ध्यान जानुपर्नेमा ध्यानाकर्षण गराइएको छ । जनसरोकार केन्द्र मकवानपुर मकवानपुरले आज ( शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै लक डाउनका कारण कुखुरा व्यवसायीलाई समस्या परेको जनाउँदै यसबारे सरकारलाई दिन आग्रह गरेको छ । केन्द्रका संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न कारण समस्यामा पर्दै आइरहेका कुखुरा पालक व्यवसायीलाई लक डाउनका कारण थप क्षति हुन पुगेको उल्लेख छ ।
संयोजक चौलागाईंले विज्ञप्तिमा वर्डफ्लुका बेला कुखुरा पालक किसानले ठूलो क्षति व्यहोर्नु परेकोमा अहिले लक डाउनका बेलामा पनि कुखुराका चल्ला हुर्काउन दाना खरिद गर्न नसकी कुखुरा पुर्नु परेको तीतो यथार्थ रहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने माग गरिएको छ । विज्ञप्तिमा छ,–‘अहिले सामाजिक संजालमा चल्ला र कुखुराहरु दाना खुवाउन नसकी र बिक्री नभई पुर्नु परेको समाचार र भिडियोहरु आईरहेका छन । दाना खान नपाएर कुखुरा मरेको देख्दा, थुप्रिएको अण्डा बिक्री नभई फाल्नुपर्दा, बिक्री गर्नुपर्ने ब्रोईलर कुखुरा बिक्री नभई मर्दा, अनि दिनहँु बढ्ने बैकको ब्याज र धितो रहेको घरजग्गाको ऋण कसरी तिर्ने भनी सम्झदा ती किसानलाई कति पीडा भईरहेको छ ? उनीहरुको चित्त बुझाउने ठाउँ र आधार के छ ? सबैले बुझौं र मनन गरौं उनीहरूलाई आफ्र्नो ठाउँमा राखेर सोचांै भनी सबैमा अनुरोध गर्दछु ।’ कोरोनासंग जुध्न सम्पुर्ण शक्ति लगाएको सरकारलाई यो विषय पनि संवेदनशिलनै रहेको र समाधान गर्न ढिला गर्न नहुने भएकोले लकडाउनको अवधी पुन : थप्ने अवस्था रहेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारलाई प्रभावकारी योजना बनाई क्षती व्यहोरेका कुखुरा पालक किसानलाई आवश्यक राहत दिन जनसरोकार केन्द्रले आग्रह गरेको छ ।
केन्द्रका अध्यक्ष चौलागाईंले लक डाउनको पीडामा कुखुरा पालन व्यवसाय पनि परेको भन्दै यस्ता साझा समस्या समाधानका लागि सरोकारवालालाई ऐक्यबद्दता जनाउन पनि आग्रह गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*