अनलाइनबाट एसइई तयारी कक्षा

मकवानपुर । लक डाउनका कारण विद्यार्थीको एसइई तयारीमा समस्या नहोस् भन्नका लागि रुपन्देहीमा अनलाइन कक्षा संचालन गरिएको छ । एसइई तयारीमा रहेका विद्यार्थीका लागितिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा संचालन गरेको हो ।
विषयविज्ञ शिक्षकले हरेक दिन अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ। शान्ति नमूना माविबाट शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत पढाउने शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए।
विद्यार्थीले आआफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा नगरपालिकाको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन्। अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तरसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ।
कोरोना महामारीका समयमा सूचनाप्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पुर्याउन अनलाइन कक्षा सञ्चालन गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए।
अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि केही हदसम्म कक्षा फलदायी हुने विश्वास व्यक्त गरे।
अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ।एपको मिटिङ आइडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ र छ।
तिलोत्तमाका ५१ सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै दुई हजार सात सय विद्यार्थी एसइईको तयारीमा छन्।
कोरोनाको कारण एसइई शुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगन गरेको थियो।