मौसम अपडेट :

कोरोनाको त्रास छ, मौसम चाँही कस्तो होला ?

लोकखबर
३० चैत्र २०७६, आईतवार ०८:२०

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा   रहनेछ ।

अहिले स्थानीय वायुको मात्रै प्रभाव रहेकाले मौसम सामान्यतया सफा रहने भएको मौसमविदले बताएका छन्।

देशको पूर्वी भू-भागमा अहिले सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपराहन्नपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । यस्तै राति पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*