आजबाट २०७७ शुभारम्भ, नयाँ वर्ष घरमै मनाइदै

लोकखबर
१ बैशाख २०७७, सोमबार ०८:५५

मकवानपुर । आजबाट वि.सं.२०७७ साल सुभारम्भ भएको छ । आजको दिन नयाँ वर्षका रुपमा शुभकामना आदान प्रदान गरी मनाइदैछ ।
विश्वमा रहेका नेपालीहरु आजको दिन नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँने गर्दछन् । आपसमा शुभकामना साटासाट गर्दै सुख, शान्ति, समृद्दिको कामना सहित नयाँ वर्ष मनाउँने गरिन्छ ।

नयाँ वर्षका दिनमा विगतका वर्षहरुमा प्राप्त सफलता असफलता समीक्षा गर्दै आगामी दिनका लागि योजना निर्माण गर्ने गरिन्छ । साथै, विभिन्न संकल्प पनि लिने गरिन्छ ।

यो पटक नेपालीहरुले नयाँ वर्ष घरमै बसेर मनाउँदैछन् । विगतका वर्षहरुमा विभिन्न रमाइलो क्षेत्र, होटल, रेस्टुरेन्टमा पुगेर नयाँ वर्ष मनाउने गरिएकोमा यो पटक देश लक डाउन भएपछि नयाँ वर्ष घरमै मनाइदैछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को माहामारीको संक्रमणबाट सुरक्षित रहनका लागि नेपालीहरु लक डाउनमा यतिबेला घरमै छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा, मकवानपुरका विभिन्न पर्यटकीय एवं धार्मिक क्षेत्रमा भेला भएर नयाँ वर्ष मनाउँने गरिएकोमा यो पटक भने घरमै बस्ने, सामाजिक संजालमा शुभकामना आदान प्रदान गरिदैछ ।

सरकारले कोभिड १९ को माहामारीबाट नेपालमा लक डाउन गरेको छ । लक डाउनका कारण नयाँ वर्ष घरमै मनाएर कोरोना विरुद्दको लडाईमा सफलता प्राप्त गर्नुपर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*