अध्यक्ष हिदम लामाले शुभकामना दिदै भने, ‘कोभिड १९ विरुद्द लागौं ।’

लोकखबर
१ बैशाख २०७७, सोमबार १२:१७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कोरोना भाइरस ( कोभिड १९) विरुद्द लड्ने संकल्प गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् ।

अध्यक्ष लामाले विपद्को घडीमा सबैलाइ संयमित भएर यो पटकको नयाँ वर्ष घरमै मनाउँन आग्रह गरेका छन् । कोभिड १९ को त्रासमा नरहन र बिचलित नहुन गाउँपालिकाबासी तथा समग्र नेपालीलाई आग्रह गरेका छन् ।

गाउपालिकाका नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न तथा लक डाउनका कारण समस्यामा परेका विपन्न परिवारका लागि आफू योजनाबद्द रुपमा सहयोगको अभियानमा लागिपरेको पनि लामाले बताए । ‘अहिलेसम्म मकवानपुरको कुनै पनि स्थानीय तहले नगरेको काम हामिले गरिरहेका छौ ।’ अध्यक्ष लामाले भने,‘राहतको नाममा घात नहोस् भनेर सबै राजनितिक पाटी, समाजसेवी, स्थानीय जन प्रतिनिधि सबै मिलेर टोल टोलमा पुगेर गाउपालिकाको सबै वडाको अति विपन्न, एकल महिला, वृद्द महिला, अपांगता भएका व्यक्ति पहिचान गरी राहत बाँडिएको छ ।’ सरकारले घोषणा गरेको लक्डाउनको कारण विहान बेलुकाको चुल्हो बल्न नसकेको अवस्थामा रहेकाको तथ्यांक संकलन गरी राज्यको नीति नियम बमोजिम भीमफेदी गाउपालिकाको विपद् व्यवस्थापन कोषमार्फत राहात वितरण कार्य अहिले भइरहेको छ ।

अध्यक्ष लामाले सरकारको नीति अनुसरण गर्दै राहत वितरण कार्यमा सरिक हुन स्थानीय जनप्रतिनिधीलाई आग्रह पनि गरे । लामाले यो विषम परिस्थितिमा पनि आफ्नो दिलो ज्यान दियर कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रणका लागि लागिपरेका गाउँपालिकाका स्वास्थकर्मी,सुरक्षाकर्मी लगायत सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

लक डाउनको समय अझै थपिएमा गाउँपालिकाले आवश्यक निर्णय लिई कार्य अगाडी बढाउने बताउँदै लामाले गाउँपालिकामा रहेका सम्बन्धित सबै पक्षलाई सोही अनुसार तयार रहन पनि आग्रह गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*