हेटौंडामा आजबाट लक डाउन अझ कडा

खाद्यान्न पसल विहान ९ बजेसम्म खुल्ने, सिडिओबाट अनुमती नपाएका सवारीसाधन निषेध
लोकखबर
२ बैशाख २०७७, मंगलवार ०४:१८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज (मंगलबार) बाट लक डाउन अझ कडा पारिएको छ ।
वीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाईरस पोजेटिभ देखिएपछि संक्रमणको जोखिम बढ्नसक्ने भएकाले लक डाउन कडा बनाउँने जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले निर्णय गरेको हो ।
आजबाट सवारी आवत जावतमा थप कडाई गरिएको छ । अनुमतिपत्र आवश्यक नपर्ने सवारीसाधन बाहेक जिल्ला प्रशासन कार्यालयबाट अनुमती प्राप्त नभएका सवारीसाधनलाई निषेध गरिएको छ ।
यस्तै खाद्यान्न तथा दुग्ध जन्य पदार्थ बिक्री गर्न पनि आज (मंगलबार) बाट विहान ९ बजेसम्ममात्र पाइने भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*