लकडाउनको सदुपयोग : धमाधम निर्माण हुदै भीमफेदी-कुलेखानी सडक

रामकुमार दानी
५ बैशाख २०७७, शुक्रबार ०७:२६

मकवानपुर । विश्व माहामारीको रुप लियर फैलिएको कोरोना भाइरस ( कोभिड नाइन्टिन) का कारण लक डाउनमा पनि मकवानपुरको भीमफेदी–कुलेखानी सडक निर्माणको कार्य अहिले भइरहेको छ ।
आइइइ रिर्पाेट र वनको बाटोमा पर्ने रुखको कटान आदेश नभएको भन्दै केही दिन निर्माण कार्य बन्द भएपनि आइइइ रिर्पाेट र कटान आदेश आएपछि निर्माण कार्य सुरु भएको हो । संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राज्धानी हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटोको भीमफेदी कुलेखानी खण्डको करिब १६ किलोमिटर बाटोको स्तरोन्नतीको काम भइरहेको हो ।

मोतिदान कन्ट्रक्सन्ले जिम्मा लिएको सडक निर्माणको काम समयमै निर्माण सम्पन्न गर्ने योजना रहेको कम्पनीका म्यानेजर एश के ज्वाला कार्कीले बताए । उक्त बाटोको अहिले कटिङको काम भइरहेको छ । काम सुरु हुनु अगाडी सबै सम्बन्धित निकायसंग समन्वय र सहकार्य गरेर काम अगाडी बढाइएको तर बिचमा वन कार्यालयले विभिन्न बाहानामा केही दिन काम रोकिन पुगेको इन्द्रसरोवर गाउपालिका वडा नमर २ का अध्यक्ष राजुमान महर्जनले बताए । उनले निर्माणको काम रोक्नुभन्दा पनि अहिले सार्वजनिक यातायात बन्द भएको बेलामा अवसरको रुपमा लिएर तिव्र रुपमा निर्माणको काम अगाडी बढाउनुपर्ने बताए ।
कम्पनिका म्यानेजर कार्कीले बन्दको बेला भएपनि भी आइपी सवारी एम्बुलेन्स र कृषिजन्य सामान ढुवानीको गाडी चलिरहँदा निर्माण कार्यलाइ समय समयमा रोक्नुपर्ने भएकाले यस्ता यातायातलाइ वैकल्पिक बाटो दिएर निर्माण कार्य गर्ने हो भनी समयमा काम सक्किनेमा दुई मत नरहेको बताए ।
भीमफेदीदेखि कुलेखानीसम्म जम्मा सोह्र किलोमिटर बाटो दुइवटा गाउँपालिकामा भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा पर्दछ । ‘यहाँका स्थानीय जनप्रतिनिधिले भने हामीलाइ भरपुर सहयोग गर्नुभएको छ ।’ मोतिदान कन्ट्रक्सन्का म्यानेजिङ डाइरेक्टर रामबहादुर गौतमले भने, ‘संघीय राजधानीबाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो भएकोले समयमै निर्माण सम्पन्न गर्नुपर्र्ने बाध्यता हामीमा छ । ’ कतैबाट बाधा व्यवधान समस्या चुनौतीहरु नआएमा समयमै काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने म्यानेनिङ डाइरेक्टर बताए ।
बाटो निर्माण कार्यको अवलोकनका लागि पुगेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले संक्रमणको घडीमा पनि निर्माणको काममा लागिपरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेका छन् । मन्त्री फुयालले कोरोना भाइरस (कोभिट १९) बाट बच्नको लागि सेनिटाइजर र माक्स दिदै सुरक्षित भएर काम गर्न आग्रह गरे ।
अनुगमनमा यातायात पूर्वाधार मन्त्रालयका निर्देशक डाक्टर सहदेवबहादुर भन्डारी पनि सहभागी थिए ।
यो बाटो समयमै निर्माण सम्पन्न गर्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रत्यक्ष निगरानी भइरहेको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*