हेटौंडा १५ का अति विपन्नलाई लामा दम्पतिको खाद्यान्न सहयोग

लोकखबर
५ बैशाख २०७७, शुक्रबार १५:४७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, सयफुट र बंगेरीमा बसोबास गर्ने चेपाङ समुदायका ४० घरपरिवारलाई आज (शुक्रबार ) राहत स्वरुप चामल वितरण गरिएको छ ।
विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस(कोभिड १९ ) को संक्रमणको जोखिम नियन्त्रणका लागि गरिएको लक डाउनले विहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका अति विपन्न परिवारलाई विश्व नेपाली साहित्य महासंघ, दक्षिणकोरियाका अध्यक्ष चन्द्र लामा ‘अनुराग’ र उनकी धर्मपत्नी गायिका तायाहाङ्गमा राईले तीस किलाका दरले चामल सहयोग गरेका हुन् ।
सरकारको एकद्वार निती अनुसार वडा कार्यालयसंगको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा वडा अधयक्ष महारत्न लामा, वडाका जनप्रतिनिधिहरु पातली लामा गोङ्बा,कुमारी श्रेष्ठ, मिनु विश्वकर्मा ,पर्सबहादुर भुजेल, इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाको आतिथ्यता थियो ।
हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष, युवा नेता सुनील मोक्तानको अग्रसरतामा वडाका अति विपन्न चेपाङ समुदायका परिवारलाई सहयोग गर्न पाउँदा आफूहरुलाई खुशी लागेको लामा दम्पतिले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*