चिसापानीगढी पाखामा डढेलो, वनका कर्मचारी रमिते बनेको आरोप

रामकुमार दानी
६ बैशाख २०७७, शनिबार ०८:३७

मकवानपुर । मकवानपुरको भीमफेदीको चिसापानीगढी पाखामा डढेलो लागेको छ । डढेलोको कारण पुरै पाखा डढेर सखाप भएको छ । भीमफेदी पारी बजारबाट सुरु भएको डढेलोले पुरै पाखा सखाप बनाएको हो ।
हरेक सामुदायिक विकास निर्माणको काममा सामुदायिक वन तगारो बन्ने आरोप लागिरहेका वनमा लागेको डढेलो नियन्त्रणका लागि ध्यान नदिएको स्थानीयको आरोप छ ।
वनमा डढेलो लाग्दा पनि भीमफेदीको हातिसारमा रहेको रेन्ज पोस्टका कर्मचारी हेरीमात्र बसेको मोतिदान कन्ट्रक्सनका म्यानेजर एश के ज्वाला कार्कीले बताए । ‘ उहाँहरुले डढेलो नियन्त्रण गर्न केही पहाल कदमी गर्नु भएन । ’ कार्कीले भने, ‘समुदायमा विकास निर्माणको काम गरिरहँदा विभिन्न अप्ठ्यारो देखाउने तर वनमा डढेलो लाग्दा चुपचाप बस्ने यो प्रवृति राम्रो भएन ।’
चिसापानीगढी ऐतिहासिक ठाउँ भएकाले अहिले डढेलोले पुरै पाखा सखाप बनाउदा उजाड बनेको छ । उजाड मौसममा ध्यान नदिने हो भने चिसापानीगढीपाखामा डढेलो लागी थप क्षति हुनसक्ने भएकाले वन कार्यालय तथा स्थानीय समेत सचेत बन्नुपर्ने सरोकारवाला बताउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*