वर्षाका कारण भीमफेदीमा दुई ठाउँमा पहिरो

लोकखबर
२२ बैशाख २०७७, सोमबार १५:०२

मकवानपुर । मकवानपुर लगायत देशभर आज (सोमबार) पानी परेको छ । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम विद्को भनाई छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीका अनुसार आज र भोलि मौसम सक्रिय हुनेछ । पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने मौसम विद् नगरकोटीले जानकारी दिनुभयो । निरन्तर झरीका कारण नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो समेत गएको छ ।

वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिकाको दुई ठाउँमा पहिरो गएको छ । गाउँपालिकाको वडा नम्बर ६ को चिहान डाडाँ मुनि र सोही वडाको चिसापानी गढी नजिक आज दिउशो पहिरो गएको हो । पहिरोका कारण सवारी आवागमनमा समस्या हुनाका साथै निर्माणाधीन भीमफेदी-कुलेखानी सडक निर्माण कार्यलाई पनि असर परेको छ । सडक निर्माण कार्य गरिरहेको मोतीदान कन्स्ट्रक्सनका साइड म्यानेजर एसके ज्वाला कार्कीले लक डाउनको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिइएकोमा वर्षाका कारण पहिरो गएपछि समस्या भएको छ ।

अहिले एक-दुई स्थानमा मात्रै पानी परेको पूर्वी भूभागका विभिन्न स्थानमा बेलुकातिर पानी पर्ने अनुमान गरिएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा नेपाल प्रवेश गरेकाले बदली तथा वर्षा भएको हो ।
अहिले प्रि-मनसुनको समय चलेको र यो बेला पानी पर्ने तथा बदली हुने क्रम चल्ने मौसमविदले बताएका छन् ।

पानी पर्ने फेरि बदली भइ पानी पर्ने क्रम जारी रहने जनाइएको छ । चट्याङ पर्ने तथा खहरे खोलामा बाढी आउन सक्ने भएकाले सचेत हुन आग्रह मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*