लक डाउनमा सावधानी अपनाउँदै मोतिदानद्वारा धमाधम सडक निर्माण

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) को चपेटामा परी लक डाउनका बेलामा बागमती प्रदेश सरकारले विकास निर्माण कार्यलाई निरन्तरता दिएको छ ।
संघीय राजधानी काठमाडौबाट बागमती प्रदेशको राज्धानी हेटौंडा प्रवेश गर्ने सबैभन्दा छोटो बाटो दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भीमफेदी–हेटौंडाखण्डको मोटर बाटो निर्माण कार्य अहिले धमाधम भइरहेको छ ।
माहामारीका कारण देश लक डाउन गरिएका बेलामा सार्वजनिक गाडी लगायत पुरै यातायात बन्द भएका बेलामा यसलाई अवसरका रुपमा लिदै निर्माण कार्यलाई अगाडी बढाइएको मोतिदान कन्ट्रक्सन कम्पनिका प्रोजेक्ट म्यानेजर एस के ज्वाला कार्कीलेले जानकारी दिए ।
म्यानेजर कार्कीले कोरोनाविरुद्दको सावधानी अपनायर निर्माण कार्यलाई अगाडी बढाइएको हो । उनले भने, ‘भीमफेदीदेखि कुलेखानीसम्मको करिव १६ किलोमिटर बाटोको जोखिम तथा अप्ठ्यारो क्षेत्रको आठ मिटर चौडा गर्ने काम सम्पन्न भइसकेको छ । ’ काकीले भने, ‘ अब वाल र ग्राबेलिङको काम सुरु गरेर करिव दुई महिनाभित्रमा सकिसक्ने लक्ष्य छ । ’ अहिलेको कामको गति अनुसार अगाडी बढ्ने हो भने बाटो निर्माण कार्य सम्पन्न गर्ने समय भन्दा अगाडी नै निर्माण कार्य पूरा हुने कार्कीले जानकारी दिए ।
मोतिदान कन्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर रामबहादुर गौतमले अहिले एघार वटा हेभी मेसिनको प्रयोग गरेर कामलाइ अगाडी बढाइएको बताए । ‘विश्व नै कोरोना भाइरसको चपेटामा परी देश नै लकडाउन गरिएको अवस्थामा पनि हाम्रो काम उहीँ गतिमा भइरहेको छ । ’ गौतमले भने । ‘कम्पनिका प्रोजेक्ट म्यानेजर लगायत निर्माण कार्यमा खटिएका सिंगो टिमदेखि खुसी छु’ गौतमले भने ।
मोटर बाटो संघीय राजधानी काठमाडौबाट बागमती,प्रदेशको राजधानी हेटौंडा आउँने सबै भन्दा छोटो बाटो भएकोले यो बाटोको निमाण कार्य समयमा नै सकाउनुपर्ने आफूहरुको वाध्यता रहेको गौतमले बताए ।