भेलबाढीले मकवानपुरमा लियो ज्यान

मकवानपुर । केही दिनदेखि लगातार परेको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपापन्चकन्या, देउरालीमा भेलबाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चिनियाराम खनालका २३ बर्षिय छोरा सन्तोष खनाल रहेको प्रहरीले जनाएको छ । काठमाडौंको फर्पिङबाट बा ४४ प ६०५८ नम्बरको मोटरसाइकलमा घर आउदै गर्दा घर नजिकैको ठूलोडोल भन्ने ठाउँमा वर्षाका कारण आएको भेलबाढीले मोटरसाइकल सहित बगाउँदा खनालको मृत्यु भएको भीमफेदी ८ का वडा अध्यक्ष नवराज अधिकारीले बताए ।
मृतकको श्रीमति र छ महिनाको छोरी रहेका छन् ।