विश्व

अमेरिकामा तीन करोड ३३ लाख भन्दा बढी बेरोजगार

लोकखबर
२६ बैशाख २०७७, शुक्रबार ०७:२५

मकवानपुर । अमेरिकामा बेरोजगार भत्ताका लागि निवेदन दिनेको संख्या ३२ लाख भन्दा बढीले थपिएको छ । कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु बन्द हुँदा अमेरिकामा बेरोजगारी दर अत्याधिक भएको छ ।

गएको हप्ता थप ३२ लाख अमेरिकीले सरकारी सहायताका लागि निवेदन दिएका हुन् । योसँगै अमेरिकामा गएको मार्च मध्ययता बेरोजगारको कुल संख्या तीन करोड ३३ लाख पुगेको छ ।

अमेरिकाका कुल श्रमयोग्य व्यक्ति मध्ये यो झण्डै २० प्रतिशत हो । बेरोजगार भत्ताका लागि निवेदन दिनेको संख्या साप्ताहिक रुपमा अमेरिकाको श्रम विभागले सार्वजनिक गर्ने गरेको छ ।

मार्चको एक हप्ता ६९ लाख अमेरिकीले भत्ताका लागि निवेदन दिएका थिए । त्यसयता पनि संख्या अति बढी नै रहँदै आएको छ । देशसंचार डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*