रक्तदान गर्दै मनाइयो विश्व रेडक्रस दिवस

लोकखबर
२६ बैशाख २०७७, शुक्रबार १५:५३

मकवानपुर । विश्व रेडक्रस दिवस मकवानपुरमा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा माल्र्यापर्ण तथा रक्तदान आयोजना गरी मनाइएको छ ।
रेडक्रसको संस्थापक ड्युनाको १ सय ९२ औं जन्म जयन्तीका दिनमा मनाइने विश्व रेडक्रस दिवसमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।
रेडक्रस मकवानपुरको कार्यालय परिसरमा भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने र मन्त्री खेमराज सापकोटाले ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रम सुभारम्भ गरेका थिए ।
कोभिड–१९ तथा लकडाउनको बेला सेवामा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ दिवस मनाइएको रेडक्रस मकवानपुरका मन्त्री सापकोटाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*