मुख्यमन्त्री कार्यालयमा सेनिटाजर मेसिन

लोकखबर
२७ बैशाख २०७७, शनिबार ०५:४०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कार्यालयमा एक थान सेनि अटोमेटिक ह्यान्ड सेनिटाइजर मेसिन जडान गरिएको छ।

विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि मुख्यमन्त्री कार्यालयका लागि मकवानपुरका सम्पूर्ण लायन्स तथा लियो क्लवहरुको सक्रियतामा सेनिटाइजर मेसिन जडान गरिएको हो ।
खुटाले प्रेस दिएपछि सेनिटाइज प्रयोग गर्न मिल्ने गरी जडान गरिएको मेसिनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

साँढे २ लिटर क्षमताको मेसिनको मेकानिकल पार्ट त्रिमुर्ति इन्जिनियरिङ र इलेक्ट्रीक पार्ट सिद्घबाबा इन्जिनियरिङले निर्माण गरेको हो । सेनी टाइजर मेसिन त्रिमुर्तिका हेटौंडाका सविन नकर्मी, सिद्घबाबाका उत्तम थापाले निर्माण गरेका हुन् ।
उद्घाटन कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टु का फस्ट भिडिजी शम्भु नकर्मी, पूराना लायन्सकर्मी राम श्रेष्ठ, नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, लायन्सकर्मी अंकिता सुमार्गी, टासीडोल्मा तुम्बाहाम्फे लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*