रेडियो संचालक समूहको नेतृत्व सुमार्गीलाई

लोकखबर
२७ बैशाख २०७७, शनिबार ०६:०४

मकवानपुर । मकवानपुरका रेडियो संचालक रेडियोको हकहितका लागि एकजुट भएका छन् । रेडियो संचालकहरुको भेलाले नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य एवं रेडियो थाहासंचारका संचालक अरुणराज सुमार्गीको अध्यक्षतामा मकवानपुर रेडियो संचालक समूह निर्माण गरिएको छ ।

रेडियोको विकास तथा हकहितका पक्षमा संगठित भएर काम गर्न आफूहरु लागिपर्ने सुमार्गीले बताए ।शुक्रबार रेडियो बुलेटिनमा छलफल गर्दै मकवानपुर रेडियो सञ्चालक समूह निर्माण गरिएको हो ।समूह उपाध्यक्षमा अनिलकुमार खाति,सचिवमा एमपी शर्मा र कोषाध्यक्ष राजु लामिछाने रहेका छन् ।

समूहमा मकवानपुरमा संचालित सबै रेडियो सदस्य रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*