हेटौंडामा आजबाट लक डाउन कडा

लोकखबर
१ जेष्ठ २०७७, बिहीबार ०६:२३

मकवानपुर । छिमेकी जिल्ला बारा, पर्सामा कोरोना संक्रमितको संख्या बढेपछि मकवानपुर पनि जोखिममा परेको भन्दै आज (विहीबार) बाट हेटौंडामा लक डाउन कडा पारिएको छ । प्रदेश २ बाट बागमती प्रदेश प्रवेश गर्ने नाका चुरियामाईमा प्रहरीको चेकपोष्ट स्थापना गरे लक डाउन कडा पारिएको छ ।

हेटौंडा बजारमा भीड बढ्न थालेपछि मोटरसाइकल,स्कुटर,अटो सहितको सवारीलाई प्रवेशमा रोक लगाएको छ ।

बुधबार बसेको कमाण्ड पोष्टको बैठकले बजारमा अनावश्यक सवारीको भीडभाड बढेकोले मोटरसाइकल,स्कुटर,अटोलगायतका सवारीलाई बजार भित्रिने नाका चौघडा,क्याम्पाडाँडा,एचआइडी,चौकीटोल, राप्तीपुलबाट प्रवेश निषेध गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।
छिमेकी जिल्ला बारा, पर्सामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रदेश २ बाट हेटौंडा भित्रिने नाका चुरियामाईमा प्रहरीले चेकपोष्ट स्थापना गरेर कडिकडाउ गरेको छ ।

मकवानपुरको छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढिरहँदा मकवानपुर उच्च जोखिममा परिरहँदा पनि लक डाउन पूर्ण पालना नभएको भन्दै गुनासो आएको थियो ।

मकवानपुरमा प्रहरी र प्रशासन तथा हेटौंडा उपमहानगरपालिकाको कमजोर उपस्थिति देखिएको थियो ।

संक्रमणको जोखिम नियन्त्रणका लागि कमाण्ड पोष्ट मकवानपुरको बैठकले लकडाउन कडाइ गर्ने धेरैपटक निर्णय गरेपनि मर्निङवाक, इभिनिङ वाकसमेत रोकिएको थियो । आज विहानैबाट हेटौंडाका विभिन्न चोकमा प्रहरीले चेकजाँच कडा बनाएको पाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि प्रदेश २ बाट बागमती प्रदेश प्रवेश गर्ने नाकामा कडा गर्न आग्रह गरेका छन् ।

तराईबाट बागमती प्रदेश प्रवेश गर्ने हेटौंडाको चुरीयामाइमा कडाइ गर्नका लागि प्रहरीलाई निर्देशन दिएका छन्।

बागमती प्रदेशका १३ जिल्लामा खासै कोरोना संक्रमितका बिरामी धेरै देखा नपरेपनि पर्सा जिल्लामा संक्रमित बढेकाले चेकजाँचलाई कडा बनाउनुपर्ने मुख्यमन्त्री पौडेलको जोड छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*