संक्रमित पुगे २ सय ६७, लक डाउन थप्ने तयारी

मकवानपुर । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको सख्या २ सय ६७ जना पुगेको छ ।
पछिल्लो समय नेपालमा पनि अन्य मुलुकमा झैं संक्रमितको संख्या थपिन थालेपछि लक डाउनको अवधि थप गर्ने सरकारले तयारी गरेको छ ।
मकवानपुरमा पनि लक डाउनलाई थप कडा तथा प्रभावकारी बनाउनका लागि जनस्तरबाट दबाब आइरहेको छ । तर पनि हेटौंडामा खासै प्रभावकारी लक डाउन गराएको पाइदैन ।
अब लक डाउनको मोडालिटी परिवर्तन गरेर कम्पतिमा दुई सातासम्म अझै लम्ब्याउने सरकारले तयारी गरेको स्रोतको भनाई छ ।