नेपालमा कोरोना ( कोभिड १९ ) बाट मृत्यु

लोकखबर
४ जेष्ठ २०७७, आईतवार ००:४७

मकवानपुर । नेपालमा कोरोना (कोभिड -१९) संक्रमित एक २९ वर्षिया महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिला मृत्यु भएको हो ।

अस्पतालबाट २५ गते डिस्चार्ज भएका उनीहरु आमाछोरा दुवैको स्वास्थ्य सामान्य थियो । तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएका थियो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल लैजादै गर्दा बाटैमा उनको निधन हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको पुन : पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो ।
मृृतकको शनिबारै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा कार्यविधी अनुसार अन्त्येष्टि गरिएको छ । मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार मृतकको घर बाह्रबिसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको छ । माइती गाउँबाट आफन्तहरु उनलाई भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ । शनिबारसम्म संक्रमितको संख्या २८१ पुगेको छ । संक्रमितमध्ये एक जनाको मृत्यु भएको हो भने ३६ जना भने निको भएर घर फर्केका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*