सरस्वती टोलमा स्ल्याब ढलान सुभारम्भ

रामकुमार दानी
६ जेष्ठ २०७७, मंगलवार १५:३५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरको सरस्वती मार्गमा स्ल्याब ढलान कार्य सुरु गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आठ लाख रुपैया तथा स्थानीय जनश्रमदान गरी दुई सय पचास मिटर स्ल्याब ढलान कार्य हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जुना दाहाल र सरस्वती स्ल्याव ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकुल विडारीले सुभारम्भ गरेका हुन् ।
अहिले विश्व नै कोरोना भाइरस (कोभिड१९) बाट प्रभावित भइरहेको बेला भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गरी सामाजिक दुरी कायम गरी स्ल्याब ढलानको निर्माण कार्यलाइ अगाडी बढाइएको अध्यक्ष विडारीले जानकारी दिए ।
वर्षायामको बेलामा हिलोले हिड्नै नसक्ने बाटोको कारण समस्या झेल्दै आइरहेका स्थानीय स्ल्याब ढलान सुरु भएपछि हर्षित बनेका छन् । स्ल्याब ढलान कार्य पूरा भएपछि सरस्वती टोलका करिब एक सय पचास घरधुरी लाभान्भित हुने अध्यक्ष विडारीले जानकारी दिए ।
विशेषगरी वर्षाको बेलामा हिलो र चिप्लो भएर आवत जावत गर्न समस्या हुँदै आएकोमा स्ल्याव ढलान पूरा भएपछि समस्या क्रमिक रुपमा हट्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि हेटौंडा उपमहानगरपालिकामा भएर पनि बत्तीमुनिको अध्यारो जस्तै भइरहेको सरस्वतीमा हेटौंडा उपमहानगरपालिकाले बजेट विनियोजन गरी स्ल्याब ढलान कार्य गर्न पाउँदा आफूहरुलाइ औधी खुशी लागेको स्थानीयको भनाइ छ ।
‘व्यवस्थित सडक नहुँदा समस्या झेल्दै आइरहेकोमा हेटौंडा उपमहानगरपालिकाका मेयर तथा ११ नम्बर वडाका अध्यक्षबाट हाम्रो माग सुनुवाइ हुँदा खुसी लागेको छ ।’ सरस्वती स्ल्याब ढलान निर्माण उपभोक्ता समितिको अध्यक्ष विडारीले खुशी व्यक्त गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*