मकवानपुरका एक जनालाई कोरोना संक्रमण
मकवानपुर । मकवानपुरको एक जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
आज ( मंगलबार ) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मकवानपुरका एक जनालाई संक्रमण भएको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा अन्य २६ जनालाई पनि कोरोना संक्रमण भएको जानकारी दिइएको छ । आज (मंगलबार ) २७ जना थप संक्रमित सहित नेपालमा ४०२ जना संक्रमित पुगेका छन् ।
मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा १७ देखि ४२ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । आज (मंगलबार) संक्रमित हुनेमा झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना रहेका छन् । यसैबिच, संक्रमित भई उपचाररत झापाकी ६२ वर्षिय एक व्यक्ती निको भएर घर फर्किएका छन् ।