हेटौंडा अस्पतालबाट रिफर भएकी महिला संक्रमित

लोकखबर
१० जेष्ठ २०७७, शनिबार १३:५८

मकवानपुर । मकवानपुरको हेटौंडाकी एक महिलालाई कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शुक्रबार) साँझ सवा ८ बजे सार्वजनिक गरेको नयाँ ९ जना संक्रमितको विवरणमा हेटौंडा–३ की ५४ वर्षीया महिला भनिएकोमा उक्त महिलाको वास्तविक ठेगाना हेटौंडा ४ भएको पाइएको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको संक्रमित महिला गत सोमबार हेटौंडा अस्पतालबाट रेफर भएकी थिइन् । मन्त्रालयले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलालाई कोरोना संक्रमित भएको पुष्टि भएको हो ।
ति महिला पेट फुलेर स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि हेटौंडा अस्पताल उपचारमा आएकी थिइन् ।
उनको मुटुको चाल कमजोर पाइएपछि काठमाडौंस्थित शिक्षण अस्पताल रेफर गरिएको थियो ।
गत सोमबार दिउँसो १२ बजेदेखि करिब ३ बजेसम्म हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा राखेपछि पनि स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई काठमाडौंमा उपचारका लागि रेफर गरिएको थियो ।
हेटौंडा अस्पतालमा उपचारका लागि आएकी ति ५४ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडा अस्पतालका पाँच जना डाक्टरसहित २२ जना अन्य कर्मचारीहरुलाई एकहप्ता आइसोलेसनमा राख्ने तयारी भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*